वैखरी अनलाइन, शुद्धोधन ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका–३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । ठक्करपछि सवारी साधन फरार रहेको साथै खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।








