गृहपृष्ठ Featured बुटवलमा चार भाषामा नागरिक बडापत्रको व्यवस्था

बुटवलमा चार भाषामा नागरिक बडापत्रको व्यवस्था

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकामा मुख्य चार भाषामा नागरिक बडापत्रको व्यवस्था गरिएको छ ।

विभिन्न भाषाभाषीका सेवाग्राही कार्यालयमा आउने भएकाले उनीहरुको सहजताका लागि उपमहानगरपालिकाले मंगलबारदेखि सञ्चालन हुनेगरी नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सार्वजनिक गरेको उपमहानगर प्रमुख  खेलराज पाण्डेयले बताए ।

प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताए । ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं,’ उनले भने, ‘आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।’ उनले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताए ।

‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषा र अन्यत्रका भाषामा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार बुटवलमा प्रयोगमा आउने बडापत्र बनाएकको उनको भनाइ छ ।

सम्बन्धित् समाचार