रुपन्देही ।
लुम्बिनी प्रदेशमा ७ जना मन्त्रीको जिम्मेवारी तोकिएको छ । एमालेका चार, नागरिक उन्मुक्तिका एक, नेकपा एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदको जिम्मेवारी तोकिएको हो ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
दुवै दलले थप एक/एक मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् भने माओवादीले पनि सहमतिअनुसार १ मन्त्रालय पाएको छैन । माओवादीका जोखबहादुर महरा चैत २३ गते पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री बन्नु अघि चार राजनीतिक दलको बिचमा लिखित सहमति गरिएको थियो ।
जसमा जसपालाई दुई मन्त्रालय दिने उल्लेख थियो । तर, नागरिक उन्मुक्तिले पनि सरकार बनाउन समर्थन गरेपछि उसलाई पनि सरकारमा सहभागी गराउँदा जसपा एउटा मात्रै मन्त्रालयमा अडिनु परेको थियो ।
प्रदेश सरकारले संघीय सरकारसँग प्रदेशका पाँच वटा गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्न आग्रह गरेको छ ।








