गृहपृष्ठ Featured कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

वैखरी अनलाईन,  बाणगंगा ।

कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने १६ औं अभियान सुरु भएको छ । आइतबारदेखि १६ औं पटकको अभियान सुरु भएको हो ।

बाणगंगा नगरपालिकामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, मेयर चक्रपाणी अर्याल लगायतले संयुक्त रुपमा औषधि खाएर अभियानको सुरुवात भएको हो । सांसद पन्थीले प्रदेशका अन्य जिल्लामा हात्तिपाइले रोगको निवारण हुँदा कपिलवस्तुमा नहुनु लज्जास्पद विषय भएको बताए ।

सरकारले सुरु गरेको अभियानलाई नागरिकले साथ दिए मात्र अभियान पुर्ण रुपमा सफल हुने उनले बताए ।


मेयर चक्रपाणी अर्यालले यो पटकको हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियानलाई अन्तिम अभियानको रुपमा अगाडि बढाउन नगरपालिका लागेको बताए । समाजका शिक्षित, वुद्धिजिवि र पहुच पुगेका व्यक्तिले नै औषधि सेवन नगरिदिदा रोग निवारण हुन नसकेको उनले बताए । उनले अनावश्यक भ्रम सिर्जना समेत नगर्न समेत अपिल गरे ।

उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश क्षेत्रीले सबैले आआफ्नो क्षेत्र बाट सहयोग गरे अभियानलाई सफल पार्न सकिने बताए ।

नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै १६ औँ पटकको अभियानलाई सफल पार्न सबैले सहयोग आवश्यक रहेको बताए ।

यस वर्ष कपिलवस्तुसहित झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट,र रसुवामा हात्तिपाइले विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।

सम्बन्धित् समाचार