गृहपृष्ठ Featured बुद्ध जयन्तीको बजेट कटौती : लुम्बिनी विकास कोष अन्योलमा

बुद्ध जयन्तीको बजेट कटौती : लुम्बिनी विकास कोष अन्योलमा

रुपन्देही ।

संघीय सरकारले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको बजेट कटौती गरेकाे छ । विगतमा दिँदै आएकाे बजेट यस वर्ष काटिएपछि बुद्ध जयन्ती कसरी मनाउने भन्ने विषयमा लुम्बिनी विकास कोष अन्याेलमा परेकाे छ ।

यसअघि संघीय सरकारले वार्षिक रूपमा १ देखि ४ करोडसम्म बुद्ध जयन्तीका लागि बजेट छुट्याउने गरेको थियाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस भव्य रुपमा मनाउँदै आएको छ । तर, आगामी जेठ १० गते परेको २५६८औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसकाे तयारी बजेट अभावका कारण प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन ।

संघीय सरकारले बजेट कटौती गरेपछि यस वर्ष बुद्ध जयन्तीको तयारीमा ढिलाइ भइरहेको कोषले जनाएको छ । कोभिड महामारीपछि २०७९ सालमा २५६६औं बुद्ध जयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मनाइएको थियो । त्यतिखेर संघीय सरकारले ३ करोडभन्दा बढी बजेट विनियाेजन गरेको थियो ।

भगवान बुद्धको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा वैशाख पूर्णिमालाई लिइन्छ । त्यसैले बुद्ध जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएकाे छ । यस वर्ष संघीय सरकारले बजेट कटौती गर्दा बुद्ध जयन्ती भव्य रूपमा मनाउन चुनौती देखिएको कोषकी योजना प्रमुख स्मिता भट्टले बताइन् ।

सम्बन्धित् समाचार