रूपन्देही ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नयाँ गठबन्धनपछि सरकारका कामले लय समातेको बताएका छन् ।
मुलुक परिवर्तन ल्याउन पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले अब संघीयता कार्यान्वयन गर्न खबरदारीको रूपमा लाग्नुपर्ने बताए ।
भएका त्रुटि, कमजोरीलाई राइट टाइममा उठाइदिन उनले पत्रकारलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेश सरकार संसदमा विषयगत समितिको नेतृत्व चयन गरेको, संसदमा विधेयक अगाडि बढाएर छलफल गर्ने गरी सरकार नयाँ ढंगले अगाडि बढ्ने बताए ।
उनले सरकार यथास्थितिमा रमाउने नभई गतिशील र अग्रगमनको रूपमा सबै अगाडि बढ्नुपर्ने बताए ।
अधिवेशनमा लुम्बिनी प्रदेशका आन्तरिक मालिला , कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थी, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, उपाध्यक्ष उदय जिएमलगायतले सफलताको शुभकामना दिए ।
लुम्बिनीका १२ जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।








