काठमाडौं ।
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित हात पारेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए । एक समय १८ बलमा २७ रन चाहिँदा राजस्थानको ६ विकेट हातमा थियो । अन्तिम तीन ओभरमा भने राम्रो गर्न सकेन ।








