काठमाडौंं ।
सामाजिक सञ्जालमा भाइरल मीनबहादुर बुढा (भेलुबाजे) को मृत्यु कुटपिटबाट भएको भन्दै एक महिलाविरुद्ध जाहेरी दर्ता भएको छ । कुटपिटबाट उनको मृत्यु भएको भन्दै प्युठान नगरपालिका ८, बाग्दुलामा व्यवसाय गर्ने गीता केसीविरुद्ध ‘भेलुबाजे’ का आफन्तले जाहेरी दर्ता गराएका हुन् । गीता टिकटकरसमेत हुन् ।
गीता केसी सक्रिय टिकटकर हुन् । उनले भेलुबाजेका थुप्रै टिकटक बनाएकी छन् भने भेलुबाजेसँग लाइभमा पनि बस्ने गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जाहेरी आएको पुष्टि गरे ।
शव जिल्ला अस्पताल विजुवारमा राखिएको छ ।
मृतकका आफन्तले घटनाको अनुसन्धान र शवको पोष्टमार्टम गर्न माग गरेका छन् । जाहेरी लिएपछि पोष्टमार्टम लागि प्रक्रिया अघि बढेको ज्वाइँ हिमलालले बताए ।
प्यूठान अस्पतालकी सूचना अधिकारी सम्झना श्रेष्ठले भेलुबाजेको शरीरको बाहिरी भागमा ठूलो घाउ नदेखिएको बताइन् ।








