काठमाडौं ।
घोराही उपमहानगरपालिकाकै प्रशासनिक भवन अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको छ । पटकपटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएको भन्दै ठेक्का रद्द प्रक्रिया अगाडि बढाइएको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ ।
पटकपटक लिखित, मौखिक ताकेता गर्दा पनि अटेरी गरेको र सम्पर्कमै नआएको भन्दै घोराही उपमहानगरले ठेक्का तोड्ने चेतावनीसहित ठेकेदार कम्पनीको नाममा सूचना जारी गरेको छ । ‘निर्माण कार्य अगाडि बढाउन कुनै सक्रियता नदेखाएको, निर्माण व्यवसायी सम्पर्कविहीन रहेकाले उक्त निर्माण ठेक्का किन नतोड्ने ?’ सूचनामा भनिएको छ ।








