काठमाडौं ।
आइपीएलमा हिजो भएको खेलमा सनराइजर्स हैदारावादले लखनउ सुपर जायन्ट्का सातो लियो । खेलपछि लखनउका टिम मालिकले कप्तान केएल राहुलको सातो लिएका छन् ।
उक्त खेलपछि कप्तान राहुलले निकै आलोचनाको सामना गर्नु परिरहेको छ । उनको सुस्त ब्याटिङमाथि पनि प्रश्नहरु उठेका छन् । ओपनरका रुपमा आएका राहुलले ३३ बल खेल्दा २९ रन मात्रै जोड्न सके ।
गोयन्काले राहुललाई के भनेर हप्काइरहेका थिए भन्ने आवाज सुनिएको छैन । तर उनी राहुलसित निकै आक्रोशित देखिएका छन् । राहुलले भने कुनै जवाफ नफर्काइ सुनि मात्र रहे । टेलिभिजन कमेन्टेटरले भने यो दृष्यमाथि टिप्पणी गरेका थिए ।
उनले भने, ‘मलाई लाग्छ कि यस्ता संवादहरु बन्द ढोकाभित्र हुनुपर्छ । यहाँ यति धेरै क्यामरा छन्, जसले कुनै चिज पनि छाड्दैनन् । धन्न केएल राहुलले आफ्नो संयमता गुमाएनन् । के भएको थियो भन्ने सायद उनले पछि बताउलान् ।’
हिजोको हारपछि लखनउ अंकतालिकाको छैटौं स्थानमा खस्केको छ र प्लेअफको सम्भावना चुनौतिपूर्ण बनेको छ ।








