रूपन्देही ।
बुटवलमा बिहीबारदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवी अर्यालले उद्घाटन गरेकी हुन् ।
सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिवल प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास ब्यक्त गरिन् ।
बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागिता रहेको छ ।








