कपिलवस्तु ।
नेकपा एमाले कपिलवस्तुको नयाँ नेतृत्वमा बाबुराम खनाल विजयी भएका छन् । १० औं जिल्ला अधिवेशन अन्तर्गत आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै खनाल विजयी भएका हुन् ।
उपाध्यक्षमा शंकर पाण्डे, सचिवमा सिबी गहतराज, उपसचिवमा देवीलाल पोख्रेल विजयी भएका छन् । यद्यपी घोषणा हुन बाँकी छ ।
यस्तो छ प्राराम्भिक मतगणनाको नतिजा
अध्यक्ष :डम्बर शर्मा -२५३
अध्यक्ष बाबुराम खनाल -२७८ (विजयी )
उपाध्यक्ष -भेषराज पाण्डे – २०१
उपाध्यक्ष – शंकर पाण्डे -३१२ (विजयी )
सचीव -सि वि गहराज -३०४ (विजयी )
सचीव विश्व कार्की -२१२








