गृहपृष्ठ Featured फ्रोसिनोनमाथि इन्टर मिलानको शानदार जित

फ्रोसिनोनमाथि इन्टर मिलानको शानदार जित

काठमाडौँ ।

इटालियन सिरी ए को उपाधि जितिसकेको इन्टर मिलानले फ्रोसिनोनमाथि शानदार जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले फ्रोसिनोनमाथि ५–० को एकतर्फी जित निकालेको हो । सुरुदेखि नै हावी भएको इन्टरलाई डेभिडन फ्रेटेसीले १९ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेका इन्टरले अरु बाँकी चार गोल दोस्रो हाफमा थपेको हो ।

मार्को अर्नोअटोभिकले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । उनले फ्रेटेसीको पासमा गोल गरेका थिए । ७७ औँ मिनेटमा टाजन बोचनानले स्टेफेनो सेन्सीको पासमा गोल गर्दै अग्रता तेब्बर बनाएको थियो । ८० औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गरेपछि इन्टर ४–० ले अघि बढेको थियो ।

यस्तै, मार्टिनेजको पासमा मार्कस थुरमले गोल गर्दै इन्टर मिलानको जित ५–० ले पक्का गरे । जितपछि इन्टर मिलान ३६ खेलबाट ९२ अंकका साथ शीर्ष स्थानमा छ भने पराजित भएको फ्रोसिनो समान खेलबाट ३२ अंकका साथ १७ औँ स्थानमा छ ।

सम्बन्धित् समाचार