गृहपृष्ठ Featured वन सम्बन्धि प्रदेशका कानुन सच्याउन तयार छु : मन्त्री केसी

वन सम्बन्धि प्रदेशका कानुन सच्याउन तयार छु : मन्त्री केसी

कपिलवस्तु ।

लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले केन्द्र र प्रदेशको कानुन बाझिदाँ काम गर्न असहज भएको बताएका छन् । कपिलवस्तु बन पैदावर उद्योग व्यावसायिक संघले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले कानुन निर्माणमा माफियातन्त्र रहेको बताए ।

उनले मुलुकमा व्यवसाय गर्नेहरुलाइ अपमान गर्ने गरेको बताए । उनले वन सम्बन्धि प्रदेशका कानुन सच्याउन आफू तयार रहेको बताए ।

प्रदेश सभा सदस्य नवराज लामिछानेले बिदेशी काठ आउने नेपालको काठ बनमै कुहिने अवस्था रहेको बताए । राज्यका सरचनामा काठको प्रयोग हुनुपर्ने उनको भनाई छ । उनले अख्तियारमा उजुरि परेका कारण कतिपय बनमै काठ सढेको बताए । डिभिजन बन प्रमुख विसेन्द्र राज सुवेदीले संघ र प्रदेशमा बाझिएको कानुनलाई परिमार्जन गरि काम गर्न सहज गर्नुपर्ने बताए ।

बन पैदावर उद्योग व्यवासयी महासघका समाजिक विकास संयोजक पशुपती शर्माले नेपालमा वन माथी विभिन्न समयमा काठ व्यावसायी माथी राज्यले समस्या पारिरहेको बताए । सरकार काठ व्यापारीलाइ चोरको को दृष्टिकोणले हेर्ने गरेको बताउनुभयो ।

कपिलवस्तु बन पैदावर व्यावसायिक संघका अध्यक्ष नरेन्द्र सेनको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार