गृहपृष्ठ Featured बुटवलका विभिन्न क्षेत्र डुबानमा, विद्यालय बन्द

बुटवलका विभिन्न क्षेत्र डुबानमा, विद्यालय बन्द

रुपन्देही ।

शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् ।

डुबानका कारण यहाँस्थित सबैभन्दा ठूलो निजी स्कुल न्यू होराइजनले आज विद्यार्थीहरुलाई बिदा दिएको छ । अन्य विद्यालयहरु पनि प्रभावित भएका छन् । सोह्रछत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । त्यसैगरी यहाँस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले कम भइसकेको जनाएका छन् ।

सम्बन्धित् समाचार