गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा खोलाले बगाएर एक जनाको मृत्यु

कपिलवस्तुको बाणगंगामा खोलाले बगाएर एक जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ मा कोइली खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। आईतबार दाउरा संकलन गर्ने क्रममा सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुको ज्यान गएको हो ।

उनको कपिलधाम नजिकै शव फेला परेको छ।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए।

लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा शव फेला परेको रायमाझीले बताए।

सम्बन्धित् समाचार