कप्तान श्रेयसले मात्र २४ बलमा ५८ रन जोडे । उनले यस क्रममा ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै, वेंकटेशले २८ बलमा ५१ रन बनाए । उनले पनि ५ चौका र ४ छक्का प्रहार गरे ।
रहमानुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरेनले २१ रनको योगदान दिए । हैदराबादका लागि प्याट कमिन्स र टी नटराजनले एक–एक विकेट हात पारे ।
यसअघि मिचेल स्टार्क र वरुन चक्रवर्तीको घातक बलिङसामु हैदराबाद १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा सीमित बनेको थियो । स्टार्कले ३ तथा चक्रवर्तीले २ विकेट लिए ।
हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाए । हेनरिच क्लासनले ३२ रन, कप्तान कमिन्सले ३० रन तथा अब्दुल सामदले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।
हारका बाबजुद हैदराबादले फाइनलमा जानका लागि अर्को मौका प्राप्त गर्नेछ । भोलि हुने राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिचको विजेतासँग टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।