गृहपृष्ठ Featured तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर शनिबार एक किशोरको मृत्यु भएको छ । साथीहरुसँग नुहाउन भनेर गएका तिलोत्तमा–५ नयाँमिल बस्ने नारायण भुषालका छोरा १७ वर्षीय दिब्याम्सको खोलामा डुबेर मृत्यु भएको हो ।

नुहाउन दुई जना साथीसँग भुषाल बिहान साढे ८ बजेतिर तिनाउ खोलामा गएका थिए । नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिब्याम्सलाई खोलामा मृत अवस्थामा फेला पारेको थियो ।

वरिष्ठ सई बानियाँको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

सम्बन्धित् समाचार