गृहपृष्ठ Featured जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । बिहीबार बिहान २ बजे भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएका हुन् ।

जीप सडकबाट ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनका अनुसार जीप राति दुर्घटना भएपनि जानकारी नभएकाले अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको बताए ।

जीपमा सवारको संख्या १० जना अनुमान गरिएको उनको भनाइ छ । दुईजना मृतक शव सडक ल्याइएको बाँकी दुई शव ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

बाँकीको खोजी कार्य पनि भइरहेको उनले बताए ।

सम्बन्धित् समाचार