गृहपृष्ठ Featured युरोपा कन्फ्रेन्स लिगको उपाधि ओलम्पियाकोसले जित्यो

युरोपा कन्फ्रेन्स लिगको उपाधि ओलम्पियाकोसले जित्यो

काठमाडौं ।

अयुब एल काबीले अतिरिक्त समयमा गर्को गोलमा फियोरेन्टिनालाई पराजित गर्दै ओलम्पियाकोसले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ ।

एथेन्सस्थित एइके एरेनामा भएको खेलमा ग्रीग क्लब ओलम्पियाकोसले फियोरेन्टिनालाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

ओलम्पियाकोसलाई पहिलो पटक कन्फ्रेन्स लिगको उपाधि जिताउन काबीले ११६औं मिनेटमा निर्णायक गोल गरे ।

भिडियो असिस्टेन्स रेफ्रीले लामो समय चेक गरेपछि उक्त गोलले मान्यता पाएको थियो ।

योसँगै ओलम्पियाकोस युरोपियन प्रतियोगिता जित्ने पहिलो ग्रिक क्लबसमेत बनेको छ ।

सम्बन्धित् समाचार