काठमाडौं ।
अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि भिसा दिन अस्वीकार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
क्यानले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको उल्लेख गरेको छ ।









