गृहपृष्ठ Featured युवा समाजसेवी बराललाई मातृ शोक : गरियो शोक सभा

युवा समाजसेवी बराललाई मातृ शोक : गरियो शोक सभा

वैखरी अनलाईन, बाणगंगा ।

युवा समाजसेवी सुर्य प्रसाद बराललाई मातृ शोक परेको छ । बरालकी आमा कृष्णकुमारी बरालको ८२ बर्षको उमेरमा गत जेष्ठ १३ गते निधन भएपछि बराललाई मातृ शोक परेको हो ।

बराल नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिका सचिव समेत हुन् । स्वर्गीय कृष्णकुमारी बरालका दुई छोरा सुर्य प्रसाद बराल र टेकराज बराल तथा एक छोरी कमला बराल ‘भुसाल’ छन् । स्वर्गीय बराल पछिल्लो समय विभिन्न रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

यसैबीच नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिले शुक्रबार शोक सभा सम्पन्न गरेको छ । नगर कार्यसमितिका सचिव सुर्य प्रसाद बरालकी आमाको निधनले सिंगो नगरसमितिसहित नेपाली कांग्रेस परिवार स्तब्ध भएको जनाईएको छ । कांग्रेसले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

उक्त शोक सभामा नेपाली कांग्रेस बाणगंगा नगरका सभापति विष्णु थापा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुसाल, नेपाली कांग्रेसका नेता डोलकराम घिमिरे, गणेश बहादुर क्षेत्री लगायत नेपाली कांग्रेस नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघले पनि संघ सदस्य समेत रहेका सुर्य प्रसाद बराललाई मातृ शोक परेको भन्दै दुःख व्यक्त गरेको छ ।

सम्बन्धित् समाचार