काठमाडौं ।
भारतीय क्रिकेटर दिनेश कार्तिकले क्रिकेटबाट सन्न्यास लिएका छन् ।
३९ वर्षीय विकेटकिपर ब्याटर कार्तिकले शनिबार क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
उनले भारतीय टोलीबाट २६ टेस्ट, ९५ एक दिवसीय र ६० टी-२० खेलेका छन् । सन् २००४ मा टेस्टमा डेब्यु गरेका उनले २००६ मा एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए ।
कार्तिकले इन्डियन प्रिमियर लिग आईपीएल रोयल च्यालेन्जर्स बेङ्गलोरबाट खेल्दै आएका थिए ।









