नवलपरासीको (बर्दघाट सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१२ मा हुरीले ढालेको रुखले लागेर एक जनाको ज्यान गएको छ ।
ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीयवासी ६९ वर्षीय चित्रबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
आज बिहान हुरीले रुख ढालेको र थापालाई लागेको डीएसपी थापाले बताउनुभयाे ।








