गृहपृष्ठ Featured बर्दियामा हाइसको ठक्करबाट साइकल यात्रीको मृत्यु

बर्दियामा हाइसको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रकाशित मिति:

बर्दिया ।

पूर्वपश्चिम रानमार्गअन्तर्गत बासगढी नगरपालिका–३ लखना चोकमा मंगलबार हाइसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालका अनुसार लुप्र ०३–००१ ख ००३८ नम्बरको हाइसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गम्भीर घाइते भएका सोही पालिका–७ का गाहुल थारुलाई कोहलपुरस्थित मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको उनले जनाए ।

प्रहरीले हाइसका चालकलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

सम्बन्धित् समाचार