गृहपृष्ठ Featured सांसद विकको प्रश्न- किसानले भिजाएर राखेको विउ भाँडामा रोप्ने हो कि बाटोमा ?

सांसद विकको प्रश्न- किसानले भिजाएर राखेको विउ भाँडामा रोप्ने हो कि बाटोमा ?

कपिलवस्तु ।

प्रतिनिधिसभा सांसद रुपा विश्वकर्माले किसानका समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद विश्वकर्माले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

किसानले उत्पादन गरेका खाद्यवस्तुले विगतदेखि नै उचित मूल्य नपाएर सडकमा फाल्नुपर्नेको स्थितिको स्मरण गर्दै उनले भनिन्, ‘अहिले किसानले भिजाएर राखेको विउ फेरि त्यही भाँडामा रोप्ने हो कि सांसद भवन बाहिर बाटोमा फाल्ने ?’

उनले सो परिस्थिति आउन नदिन सरकारलाई आग्रह गरिन् । उनले कृषि पेसा र कृषक देशको आर्थिक आधार भएको बताईन् । ‘नेपालको तराईको अन्नभण्डार भनेर चिनिन्छ । तराईको खाद्यान्नले देश चलेको छ । अहिले लगाउने खेती लगाउने सिजन सुरु भईसक्यो । किसानको हातमा मल छैन् । सिंचाई छैन् । उन्नत जातको विउबीजन छैन् र कृषि प्राविधिक पनि छैनन्,’ उनले भनिन् ।

सिंचाईको व्यवस्था नभएकै कारण किसानहरु विउ भिजाएर भाँडोमा राख्न बाध्यन भएको उनले बताईन् । उनले किसानका समस्या समाधानप्रति सरकार मौन रहेको बताईन् । किसानहरु आफ्ना क्षेत्रका माननीयले केन्द्रबाट के ल्याउँछन् भन्ने चिहाईरहेको सुनाईन् ।

सांसदहरु बोल्ने गरे पनि राज्यले नसुन्ने गरेको उनले गुनासो गर्दै राज्य कहाँ छ ? भन्दै प्रश्न समेत गरिन् ।

सम्बन्धित् समाचार