गृहपृष्ठ Featured लुम्बिनीको मुख्यन्याधिवक्तामा ज्ञवाली नियुक्त

लुम्बिनीको मुख्यन्याधिवक्तामा ज्ञवाली नियुक्त

रुपन्देही ।

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बाँकेका तीर्थराज ज्ञवाली नियुक्त भएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले मुख्य न्यायाधिवक्तामा बाँकेका अधिवक्ता तीर्थराज ज्ञवालीलाई नियुक्त गरेका हुन्।

बाँके नेपाल बार एशोसिएसनका जिल्ला उपाध्यक्ष ज्ञवाली २० वर्षदेखि अधिवक्ताको रूपमा काम गर्दै आएका छन्। मुख्य न्यायाधिवक्तामा नियुक्त भएका ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहणपछि पदभार गरेका छन्।

उनी माओवादीको युद्धका बेला बाँकेबर्दिया जनसरकारको न्याय विभाग प्रमुख भएका थिए ।

सम्बन्धित् समाचार