काठमाडौं ।
कोशी, बागमती र गण्डकी प्रदेशमा शनिबार वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ। महाशाखाका अनुसार अपराह्नतिर छिटपुटदेखि हल्का वर्षा हुनेछ।