गृहपृष्ठ Featured कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्युु

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एक पुरुषको मृत्युु

कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका- ३ खरेन्द्रपुर नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत खरेन्द्रपुर नजिकै भएको उक्त दुर्घटनामा करिब ३३ बर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषको परिचय नखुलेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

शुक्रबार राती करिब २ बजे उक्त दुर्घटना भएको अनुमान छ । दुर्घटना गराउने सवारी साधन समेत बेखबर छ । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार