गृहपृष्ठ Featured दाङमा एक युवकद्वारा श्रीमतीको हत्या

दाङमा एक युवकद्वारा श्रीमतीको हत्या

दाङको देउखुरीस्थित गढवामा एक युवकले श्रीमतिको हत्या गरेका छन् । गढवा गाउँपालिका- २ पचहिया निवासी २६ वर्षीय रन्जित चौधरीले २१ वर्षीय श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएको हो ।

गत जेठ २४ गते राती श्रीमान रन्जितले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरी गम्भीर घाइते बनाएको र रुपन्देहीको क्रिससन अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

श्रीमान रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गढवा प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बिहे भएको दुई वर्ष भएपनि उनीहरुको बच्चा भने छैन ।

प्रहरीले उनीहरुको आन्तरिक विवादबारे नखुलेको र आज म्याद थप गर्न लैजान थालेको जनाएको छ ।

सम्बन्धित् समाचार