काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले जानकारी दिए ।
रावल र गिरीले २०७५ सालमा विवाह गरेका थिए । आफूलाई बन्धक बनाएर कुटपिट, घरेलु हिंसा, यौनशोषण र हिंसा, अप्राकृतिक मैथुन गरेको भन्दै रावलले पतिविरुद्ध ०७९ मंसिर २ मा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन् । गिरी विरुद्ध कपिलवस्तु अदालतमा वैवाहिक बलात्कार मुद्दा दर्ता छ ।