वैखरी अनलाईन, महेन्द्रकोट ।
गैंडे सामुदायिक वन उपभोक्ता समुह शितगंगा- ११ ले एक कार्यक्रमका बिच बिपन्न तथा जेहेनदार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको छ । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. १ मा रहेको जनज्योती आधारभुत बिद्यालयका ५० जना बिपन्न तथा जेहेनदार बिद्यार्थीलाई बनले शैक्षिक सामग्री बितरण गरेको हो ।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा बोल्दै बुद्धभुमी नगरपालिका- १ का वडाध्यक्ष तथा नगर प्रवक्ता तेज बहादुर बस्नेत तिलकले गैडे सामुदायिक बनले गरेको यस्ता कार्यक्रमहरु अरु बनले पनि सिको गर्न आवश्यक रहेको बताए ।
साथै वडा अध्यक्ष बस्नेतले बिद्यार्थी र बिद्यालय एक अर्काको परिपुरक भएको बताउदैँ अभिभावकले समय सापेक्ष बिद्यालयको अवस्था बारेपनि जानकार हुन आवश्यक रहेको बताए । बिद्यालयको गुणस्तरीयता बढाउनका लागी अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने बताँउदै आफना बिद्यार्थीसगैँ बिद्यालयलाई पनि समय दिन आवश्यक रहेको जिकिर गरे ।
सो अवसरमा बिद्यालयमा अध्ययनरत ५० जना बिद्यार्थीलाई बिद्यालय पोसाक कपि र पेन बितरण गरिएको गैडे सामुदायिक बनकी सचिव सिता बेल्बासेले जानकारी दिइन । साथै सचिव बेल्बासेले गैडे सामुदायिक बनले जनज्योती आधारभुत बिद्यालयको गुणस्तरीयता बृद्धिका लागी यसै बर्ष ७ लाखको रकम प्रदान गरिएको जानकारी दिइन ।
कार्यक्रम सामुदायिक बनका अध्यक्ष जुद्ध बहादुर सुनारको अध्यक्षता, बनका उपाध्यक्ष सुर्य प्रसाद भुसालको स्वागत मन्तब्य तथा जनज्योती आधारभुत बिद्यालयका शिक्षक भुवन पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । शैक्षिक सामाग्री पाएपछि बिद्यार्थी तथा तिनका अभिभावक समेत खुशी भएका थिए ।








