गृहपृष्ठ Featured सहकारी नियमनका लागि शक्तिशाली आयोग गठन गर्नेछ : मन्त्री अधिकारी

सहकारी नियमनका लागि शक्तिशाली आयोग गठन गर्नेछ : मन्त्री अधिकारी

प्रकाशित मिति:

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताएका छन् ।

शुक्रबार सरकारमा सहभागी भएको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्य संवेदनशिल भएर काम गरीरहेको बताए । उनले सरकारले आन्दोलनरत सहकारीका बचतकर्तासँग गरेका ८ बुँदे सम्झौतामा अध्ययन र छलफल गरी समाधानका काम भइरहेको बताए ।

उनले मन्त्री अधिकारीले समस्याग्रस्त घोषणा भएका सबै सहकारीको बचतफिर्ताका लागि ५९ हजार ५८७ वटा निवेदन रहेको बताए । उनले ५९ हजार ५८७ वटा निवेदनमा ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार माग दाबी रहेको बताए । उनले समस्याग्रस्त सहकारीका सदस्यबाट ८७ लाख असुल भएको पनि बताए ।

सम्बन्धित् समाचार