गृहपृष्ठ Featured टी-२० विश्वकप : २४ बल नै डट राख्ने पहिलो बलर बने फर्गुसन

टी-२० विश्वकप : २४ बल नै डट राख्ने पहिलो बलर बने फर्गुसन

प्रकाशित मिति:

काठमाडौं ।

न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन टी-२० विश्वकपमा आफ्नो पूरै ४ ओभर (२४बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् ।

आइतबार बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्य २१ बल डट राखेका थिए । फर्गुसन अघि त्यो नै विश्वकपमा सर्वाधिक डट बल थियो । टी-२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो खेलाडी हुन् । जाफरले सन् २०२१ मा पानमाविरुद्ध ४ ओभरमा २ रन खर्चेर कुनै रन दिएका थिएनन् ।

समूह सी को अन्तिम खेलमा ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी १९.४ ओभरमा ७८ रनमा अल आउट भयो ।

ट्रेन्ट बोल्ट, टिम साउदी र ईश सोधीले २-२ विकेट लिए । न्युजिल्यान्ड सुरुवाती दुई खेल अफगानिस्तान र वेष्टइण्डिजसँगको हारले सुपर-८ मा भने पुग्न सकेन ।

सम्बन्धित् समाचार