गृहपृष्ठ Featured ड्रेस नलगाएको निहुँमा विद्यार्थीमाथि कुटपिट

ड्रेस नलगाएको निहुँमा विद्यार्थीमाथि कुटपिट

रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मा रहेको त्रिपुरा माविमा अध्ययनरत विद्यार्थीमाथि निलडाम हुने गरी कुटपिट भएको छ ।

विद्यालयको पोशाक नलगाएको भन्दै मुसिकोट नगरपालिकाबाट करारमा नियुक्त विद्यालय नर्स शर्मिला खड्काले ४ देखि १० कक्षाका केही विद्यार्थीमाथि कुटपिट गरेकी हुन् ।

विद्यार्थीलाई चउरमा लाइन लगाएर खड्काले लठ्ठीले कुटेकी विद्यार्थीका अभिभावले बताएका छन् । विद्यालय पोशाक नलगाएको भन्दै खड्काले छोराको पिडौलामा निलडाम हुने गरी पिटेको अभिभावक लिला बोहराले बताइन् ।

अभिभावका अनुसार सुरुमा उक्त घटनाबारे बताए विद्यार्थीलाई विद्यालयबाट निकालीदिने चेतावनी दिइएको थियो । त्यही कारण तत्काल घटनाबाहिर आउन सकेन ।

केही दिनपछि अभिभावले छोराछोरीको शरीरमा घाउ, चोट देखेपछि सोधपुछ गर्नेक्रममा उक्त घटना बाहिर आएको हो ।

सम्बन्धित् समाचार