गृहपृष्ठ Featured भैरहवा र पोखरा विमानस्थल सञ्चालनको ठोस प्रस्ताव ल्याउन निर्देशन

भैरहवा र पोखरा विमानस्थल सञ्चालनको ठोस प्रस्ताव ल्याउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवा र पोखरामा निर्माण गरिएका दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन तालुकदार पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायबारे उच्चस्तरीय छलफल डाकेर उनले सरोकारवाला निकायलाई गम्भीरतापूर्वक तयारी थाल्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले दुईवटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्वका परियोजना भएको औँल्याउँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताए ।

सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा करिब ६० अर्ब रुपैयाँ खर्चिसकेको छ । २ जेठ ०७९  सञ्चालनमा आएको भैरहवा र १७ पुस ०७९ मा सञ्चालनमा आएको पोखरा विमानस्थलमा अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सुरुवाती समयमा कुवेतको जजिरा एयरवेजले भैरहवामा नियमित उडान थाले पनि अहिले सेवा बन्द गरिसकेको छ । अहिले नेपाल वायुसेवा निगमले सातामा एक दिन भैरहवामा ट्रान्जिन फ्लाइट गर्दै आएको छ । पोखरामा केही चार्टर उडानबाहेक अहिलेसम्म एउटै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन ।

सम्बन्धित् समाचार