वैखरी अनलाइन, जितपुर ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको चालु आर्थिक बर्षको २१ औँ कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा भएको बैठकले १५ औँ नगर सभाको पहिलो अधिवेशनको दोस्रो बैठकको कार्यसुची पास गरेको हो ।
बैठक असार १० गते बिहान ७ बजे मायादेवि रिर्सोट बैरीयामा सञ्चालन हुने नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।
जसमा आर्थिक वबर्ष २०८१÷८२ बजेट तथा निति र कार्यक्रम नगर उप प्रमुख रिता कुमारी चौधरीले पेश गर्ने निर्णय भएको प्रवतmा पौडेलले जानकारी दिए ।
साथै उप प्रमुख चौधरीले नै बिनियोजन बिद्येयक समेत प्रस्तुत गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको छ ।
त्यस्तै नगरका ६ वटा बिषयगत समितिका प्रतिवेदन समितिका संयोजकले पेश गर्ने कार्यतालिका रहेको बताइएको छ । यी सबै बिद्येयक , निति कार्यक्रम र बजेट पारित गरेपछि सोही दिन दिउसो १ बजे सार्वजनिकिकरण कार्यक्रम रहेको प्रवतmा पौडेलले जानकारी दिए ।

जसमा प्रतिनिधि सांसद तथा मन्त्री बलराम अधिकारी प्रमुख अथिति रहने बताइको छ । बैठक नगर प्रमुख चक्र अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनिको सञ्चालनमा भएको थियो भने उप प्रमुख , वडा अध्यक्ष, शाखा प्रमुख कर्मचारीको उपस्थिति रहेको थियो ।








