गृहपृष्ठ Featured देशभर फैलियो मनसुन तर तत्काल छैन झरीको सम्भावना

देशभर फैलियो मनसुन तर तत्काल छैन झरीको सम्भावना

१० असार, काठमाडौं ।

सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन अघिल्लो वर्षको तुलनामा १५ दिन ढिलो गरी देशभर फैलिएको छ । गत वर्ष सरदर मिति (१३ जुन) भन्दा एक दिन छिटो नेपाल भित्रिएको मनसुन ९ दिन ढिलो गरी देशभर फैलिएको थियो ।

 

यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो । आज असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज देशभर मनसुन फैलिएको जानकारी दिए ।

तत्काल छैन झरीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना औंल्याएको छ ।

सम्बन्धित् समाचार