गृहपृष्ठ कपिलवस्तु बिशेष लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी : नवनिर्वाचित अध्यक्ष भुसाललाई पद हस्तान्तरण

लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी : नवनिर्वाचित अध्यक्ष भुसाललाई पद हस्तान्तरण

सागर वि.क., वैखरी अनलाईन ।

लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीमा बर्ष २०२३–२४ की अध्यक्ष रिता खनालले बर्ष २०२४–२५ की अध्यक्ष भगवतीदेवी रेग्मी भुसाललाई पद हस्तान्तरण गरेकी छिन् । शुक्रबार बाणगंगा नगरपालिका–१ बैरियामा अवस्थित मायादेवी रिसोर्टमा आयोजित चौथो पद हस्तान्तरण कार्यक्रममा बर्ष २०२३–२४ की खनालले बर्ष २०२४–२५ का लागी अध्यक्षमा निर्वाचित भुसाललाई पद हस्तान्तरण गरेकी हुन् ।


सो कार्यक्रममा बर्ष २०२३–२४ की खनालले आफ्नो कार्यकालमा भएका सम्पुर्ण प्रगतिहरुको विवरण प्रस्तुति गरेकी थिईन् । उनले सो क्रममा गरिब, विपन्नलाई सहयोग प्रदान गरेको देखि विभिन्न स्वाथ्य शिविरका कार्यक्रम गरेको विवरण प्रस्तुत गरिन् । उनले आफुनो कार्यकाललाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि निरन्तर मानवीय कार्यमा लाग्ने प्रतिवद्धता जनाएकी थिईन् । उनले बर्ष २०२४–२५ का लागी अध्यक्षमा निर्वाचित भुसालसहितको टिमलाई शुभकामना दिदैं आफु सदैव साथ सहयोग गर्ने बताईन् ।

बर्ष २०२४–२५ की अध्यक्ष भगवतीदेवी रेग्मी भुसालले आफ्नो कार्यकाल अवधिभर गर्ने विभिन्न कार्यक्रमहरुको योजनाबारे जानकारी गराएकी थिईन् । सो क्रममा अध्यक्ष भुसालले वृक्षरोपण, स्वास्थ्य शिविर, छात्रवृति वितरणदेखि विभिन्न सहयोगात्मक तथा प्राकृतिक विपत्तीका कार्यक्रम गर्ने बताएकी थिईन् । उनले आफु माथि थप जिम्मेवारी बढेको महसुस भएको सुनाउँदै प्रस्तुत गरिएका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह समेत गरिन् । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नंं. ७ का वडाध्यक्ष विष्णु गिरीले लायन्स क्लव महिलाहरुका लागी सिकाई केन्द्रका रुपमा स्थापित हुदैं गएको भन्दै खुशी व्यक्त गरे । भौतिक पुर्वाधार निर्माणले मात्र विकास हुन नसक्ने भन्दै उनले भने, ‘बाटोघाटो भवन बनेर मात्र विकास हुदैंन् । सबैमा सकारात्मक चेतना विकास हुन जरुरी छ । यो महत्वपूर्ण काम लायन्सले गरेको छ ।’

सो क्रममा उनले स्थानीय सरकारसंग सहकार्य गरेर अघि बढ्न सुझाव दिए । वडाध्यक्ष गिरीले लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीसंग सहकार्य गरेर अघि बढ्न वडा तयार रहेको भन्दै बजेट विनियोजन समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजमा महिलाको वृद्धि विकासमा महिला नै बाधक भएको भन्दै उनले यसलाई सुधार गर्न आवश्यक रहेको बताए । ‘महिलालाई अघि बढ्न नदिने महिलाहरु नै हुन् । मैले धेरै ठाउँमा देखेको र अनुभव गरेको छु । यो महिलाहरुको व्यक्तित्व वृद्धि र विकासका लागी गलत हो । यसलाई सुधार गर्नुपर्छ ।,’ उनले भने ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले क्लवले सयौ मानवीय क्षेत्रमा कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले मानवीय सेवामा समर्पित हुने लायन्सको मूल मर्मलाई आत्मसाथ गरेर निरन्तर अघि बढ्न सुझाव दिए ।

कार्यक्रमको पहिलो सत्र बर्ष २०२३–२४ की सचिव सरस्वती सोमै र दोस्रो सत्र बर्ष २०२४–२५ की सचिव पुजा अर्यालले गरेकी हुन् ।

सम्बन्धित् समाचार