गृहपृष्ठ Featured करण परियारलाई ओलीले दिए सारङ्गी उपहार

करण परियारलाई ओलीले दिए सारङ्गी उपहार

काठमाडौं । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई बधाई दिएका छन् ।

आज नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमाआयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपाल आइडल विजेता करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिएका हुन् ।

अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई नेपालको मौलिक र पुरानो बाजा सारङ्गी उपहार दिएका थिए। अध्यक्ष ओलीले यस सफलतालाई सुरुवात मानेर प्रतिभाशाली कलाकारहरूले सफलताका पाइलाहरू अगाडि बढाउने विश्वास व्यक्त गरे।

अध्यक्ष ओलीले कला, संस्कृति, भाषा देशको सबैभन्दा ठूलो पहिचान भएको बताउँदै करण लगायत नयाँ प्रतिभाहरूबाट यसलाई माथि उठाउने काम भएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा नेपाल आइडलका विजेताहरुले बधाई तथा सम्मान गरेर आफूहरूलाई अगाडि बढ्न हौसला मिलेको बताए। बर्दियाका परियारले गत शनिबार उपाधि जितेका हुन्। परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका थिए। दर्शकको भोटका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

सम्बन्धित् समाचार