सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा नं.६ का वडाध्यक्ष करुण टण्डनले आफु गफ गर्न नभई काम गर्न आएको बताएका छन् ।

मंललबार भएको वडास्तरिय सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष टण्डनले भने, ‘वडाअध्यक्ष जनताको सेवक हो । जनताको सेवालाई नै मैले धर्म ठानेकोे छु । गफ गर्न होईन् काम गर्न आएको हुँ ।’

उनले विगतको बर्षमा आफु बाँगे सर्दै अघि बढेको भन्दै अहिले आफु दौड्न सक्ने भएको बताए । उनले वडाका केही क्षेत्रमा खानेपानीको समस्या रहेको स्वीकार गर्दै वडावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन विभिन्न निकायमा पहल गर्दै आएको बताए ।

उनले अबको ३ बर्षमा खानेपानीको समस्याको अन्त्य हुने दाबी गरे । उनले शिक्षकहरुको माग अनुसार यस बर्ष बजेट विनियोजन गरेको जानकारी गराए । उनले विधार्थीहरुको शैक्षिक उपलब्धि स्तर वृद्धि गर्न आफु सदैव प्रयासरत रहेको बताए ।

उनले आम जनतामा अझै पनि चेतनाको स्तर कमजोर रहेको बताए । उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो विनास गरिरहेको भन्दै सबैमा चेतनाको वृद्धि हुन आवश्यक रहेको बताए ।
उनले बाणगंगा नगरपालिका बालमैत्री पालिका घोषणा भए पनि व्यवहारिक रुपमा लागु हुन नसकेको बताए ।
उनले महिलाहरुमा सिप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई वडाले अघि बढाएको बताए । उनले ठोस परिणाम नदेखिने तथा उपलब्धि नहुने कार्यक्रम वडाले नगर्ने स्पष्ट पारे ।
उनले कहीकतै वडामा राजनितिकिकरण भएको भन्ने आरोप अस्वीकार गर्दै सबैलाई समान रुपले समेटेर अघि बढेको दाबी गरे । उनले वडाका हरेक गतिविधिमा सबैको समान सहभागिता होस् भन्ने आफ्नो चाहना रहेको सुनाए । वडाको आफु अभिभावक भएकाले सबै वडावासी समान रहेको उनको भनाई छ ।
उनले जेष्ठ नागरिकहरुको लागी विगतको बर्षमा वडाले भजनकृतनका सामग्री वितरण गरिएको स्मरण गरे । टिनको छानो मुक्त घर निर्माण गर्न वडा लागी परेको बताए । उनले आवश्यकता अनुसार टिन वितरण गर्दै आएको जानकारी दिए । उनले वडाका अधिकांश टोल विकास समिति निष्क्रिय भएको गुनासो आफुले सुनेको भन्दै सक्रिय भएर लाग्न आग्रह गरे ।
उनले वडा नं.६ लाई बाणगंगा नगरपालिकाकै उत्कृष्ट वडाको रुपमा स्थापित गर्न दिनरात नभनि लागेको बताए । उनले आफ्नो पहिलो कार्यकालमा वडाभित्र विकासका आधारभूत पूर्वाधार निर्माणमा जोड दिएको बताए । अहिले वडावासीलाई थप समृद्धितर्फ जोड्ने कार्यक्रम तथा नितिहरु अवलम्बन गरेर वडा अघि बढेको बताए ।
वडा बनाउन सबै वडावासीले अपनत्व लिन आवश्यक रहेको उनले बताए । वडा मुलभूत समस्यामा आफ्नो ध्यान केन्द्रित हुने बताउँदै उनले आगामी दिनमा वडावासीबासीबाट प्राप्त सहल्लाह सुझावलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।








