वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले श्री पूर्णकेशर माध्यमिक विद्यालयलाई व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । अध्यक्ष चौधरीले शुद्धोधन गाउँपालिका- १ बगदीमा रहेको उक्त विद्यालयलाई जग्गा खरिदका लागी आर्थिक सहयोग गरेका हुन् ।
उक्त विद्यालयले जग्गा अभावमा लामो समयदेखि विभिन्न समस्या झेल्दै आएकाले जग्गा खरिदका लागी सहयोग गरेका अध्यक्ष चौधरीले बताए । उनले विद्यालयमा विधार्थीहरुको संख्या बढी र भौतिक संरचना कम भएकाले समस्या भएको बताए । उक्त समस्या समाधानका लागी तत्काल जग्गा खरिद गर्नुपर्ने भएकाले सहयोग गरेको उनको भनाई छ ।
उनले विद्यालय सबैको साँझा सम्पत्ति भएको भन्दै सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।








