गृहपृष्ठ Featured काेपा अमेरिका : क्वार्टरफाइनलमा भाेलि बिहान अर्जेन्टिना र इक्वेडर खेल्दै

काेपा अमेरिका : क्वार्टरफाइनलमा भाेलि बिहान अर्जेन्टिना र इक्वेडर खेल्दै

काठमाण्डाै ।

कोपा अमेरिका फुटबलमा भोलि शुक्रवारदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदैछ ।

पहिलो क्वार्टरफाइनलमा भोलि बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र इक्वेडर खेल्दैछन् । यो खेल टेक्सासको एनआरडी स्टेडियममा हुनेछ । अर्जेन्टिना समूह ‘ए’ को विजेता बन्दै र इक्वेडर समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् ।

इक्वेडरले सन् २०१५ यता अर्जेन्टिनालाई हराउन सकेको छैन । पछिल्ला ५ खेलमा अर्जेन्टिनाले ४ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

यस्तै पर्सि बिहान पौने ७ बजे भेनेजुएला र क्यानडा खेल्दैछन् । यस्तै आउँदो आइतवार बिहान पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल खेल्दैछन् ।

 

सम्बन्धित् समाचार