गृहपृष्ठ Featured उत्कृष्ट नतिजा ल्याउने मनकामना सस्कृत बिद्यापिठ बाणगंगाका बिद्यार्थीलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने मनकामना सस्कृत बिद्यापिठ बाणगंगाका बिद्यार्थीलाई सम्मान

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा अवस्थित श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाज कपिलवस्तुले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा उत्कृष्ट अंक लिई उतीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच विधार्थीहरुलाई १९ जना विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरिएको हो ।

मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको थियो ।

एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका थिए । गुरुकुलममा कक्षा १२ सम्म संस्कृत र नेपाली भाषामा अध्यापन हुदै आएको छ ।

सो अवसरमा बोल्दै बुद्धभुमीका नगर प्रमुख केशव कुमार श्रेष्ठले देशमा जतिसुकै बिकास र सम्बृद्धि भएतापनि आफनो धर्म कला सस्कृति र परम्परा बिर्सन नहुने बताएका छन । कुनै पनि देशको सम्पति त्यहाँको धर्म कला सस्कृति रहेको भन्दै मनकामना गुरुकुल बिद्यापिठले बटुकहरुलाई पढाएर यती राम्रो नतिजा ल्याएकोमा धन्यवाद समेत दिएका थिए ।

साथै यस गुरुकुल शिक्षाको बिकासका लागी आफु आफनो ठाउबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाउदै आर्थिक बर्ष २०८१/८२ को बजेटमा गुरुकुलका लागी रु. ५ लाख बिनियोजन समेत गरेको बताए । उनले आगामी दिनमा पनि अध्ययनलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले धर्म सस्कृति हराउदैँ गएको यो अवस्थामा सबै मिलेर यसको संरक्षणमा लाग्न आवश्यक रहेको बताए । साथै अव बिद्यालय स्तरबाटनै कुनै एक बिषय सस्कृत भाषाको बिषय पठनपाठन गराउन आवश्यक देखेकाले यस्को कार्यन्वयनका बिषयमा आफु गम्भीर रहेको बताए ।

यसैबिच बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले मनकामना गुरुकुल बिद्यापिठको बिकास र प्रचारका लागी सबैको आवश्यक रहेको बताउदैँ सबैको साझा प्रयासले यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकिने बताए ।

अध्यक्ष पौडेलले मनकामना संस्कृत विद्यापिठ गुरुकुलल उत्कृष्ट नतिजा ल्याउन सक्षम भएको भन्दै खुशी व्यक्त गरे । उनले गुरुकुलको गुणस्तर वृद्धिको लागि वडासंगै पालिकाले सहयोग गर्ने विश्वास दिलाए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई एवं शुभकामना दिँदै सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्नेमा जोड दिएका थिए ।

विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिलेदेखि नै शिक्षा, ज्ञान, सीप आर्जनतर्फ लाग्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रम मनकामना सस्कृत गुरुकुलम प्रर्वधन समाज कपिलवस्तुका अध्यक्ष रविराज शर्मा ज्ञवालीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बाल कुमारी अधिकारी पन्तको स्वागत मन्तब्य तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा राजनितिक दल, सामुदायिक बन, ब्यस्थापन समितिका पुर्व पदाधिकारी तथा सरोकारवाला लगायतको सहभागिता रहेको  मनकामना सस्कृत गुरुकुलम प्रर्वधन समाज कपिलवस्तुका उपाध्यक्ष जगतराज रेग्मीले जानकारी दिए ।

सम्बन्धित् समाचार