गृहपृष्ठ Featured रेसुङ्गाका २ वडा जोड्न ३५७ मिटरको झोलुङ्गे पुल निर्माण

रेसुङ्गाका २ वडा जोड्न ३५७ मिटरको झोलुङ्गे पुल निर्माण

प्रकाशित मिति:

गुल्मी ।

रेसुङ्गा नगरपालिकाका दुईवटा वडा जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । वडानम्बर २ को उदिनढुंगा र ७ को लसुने डाँडा जोड्न झोलुङ्गे पुन निर्माण गरिएको हो ।

स्थानीयवासीलाई आउजाउ गर्न घुमारो बाटो हिँड्नु पर्दा धेरै समय लाग्ने भएकोले झोलुङ्गे पुल निर्माण गरी दूरी छोट्याइएको नगरपालिकाले जनाएको छ ।

तम्घास बजारसम्म आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको मनोरञ्जनका लागि पनि पुलले सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

यस क्षेत्रको लामो र अग्लो झोलुङ्गे पुल भएकोले यहाँ हेर्न र फोटो खिचाउन आनेहरु बढेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । यही ठाउँमा बञ्जी जम्प गर्ने स्थल बनाउनका लागि पनि अध्ययन भइरहेको उनले बताए ।

सम्बन्धित् समाचार