गृहपृष्ठ Featured बिद्यालयको हरेक कक्षामा सस्कृत बिषय हुन आवश्यक ः मेयर अजय थापा

बिद्यालयको हरेक कक्षामा सस्कृत बिषय हुन आवश्यक ः मेयर अजय थापा

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाका मेयर अजय थापाले बिद्यालयको हरेक कक्षामा सस्कृत भाषाको पठनपाठन आवश्यक रहेको बताएका छन ।

 

बाणगंगा २ नगरनगरमा रहेको मनकामना सस्कृत गुरुकुलम बिद्यापिठमा भएको बिद्यार्थी सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले बिद्यालयको हरेक कक्षामा सस्कृत भाषाको पठनपाठन आवश्यक रहेको बताएक हुन ।

 

आफनो सस्कृति र धर्म जोगाउनका लागी बिद्यालयस्तरबाटनै सस्कृत भाषाको बिषयलाई पढाउन सके राम्रो हुने बताउदैँ आफुले पनि नगरभित्रका बिद्यालयमा सस्कृत भाषाको बिषय पठनपाठन गराउने बिषयमा योजना बनाएको बताए । जसको कार्यन्वयनका लागी आफुले पहल समेत गरी रहेको उनको भनाई छ ।

यस्तै कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले धर्म सस्कृति र परम्परा संरक्षणमा सबै एकजुट हुन आवश्यक रहेको बताएका छन ।

 

आज बाणगंगा नगरपालिकाको वडा नः २ को नन्दनगरमा मनकामना गुरुकुलम सस्कृत बिद्यापिठका बिद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै प्रमुख श्रष्ठले यस्तो बताएका हुन ।

बाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मनकामना सस्कृत गुरुकुलम बिद्यापिठका एसईईमा उत्कृष्ट भएका बिद्यार्थीलाई सम्मान गरिएको छ । एसईईमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको थियो ।

 

एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका थिए । गुरुकुलममा कक्षा १२ सम्म संस्कृत र नेपाली भाषामा अध्यापन हुदै आएको छ ।

सो अवसरमा बोल्दै बुद्धभुमीका नगर प्रमुख केशव कुमार श्रेष्ठले देशमा जतिसुकै बिकास र सम्बृद्धि भएतापनि आफनो धर्म कला सस्कृति र परम्परा बिर्सन नहुने बताएका छन । कुनै पनि देशको सम्पति त्यहाँको धर्म कला सस्कृति रहेको भन्दै मनकामना गुरुकुल बिद्यापिठले बटुकहरुलाई पढाएर यती राम्रो नतिजा ल्याएकोमा धन्यवाद समेत दिएका थिए ।
यसैबिच बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले मनकामना गुरुकुल बिद्यापिठको बिकास र प्रचारका लागी सबैको आवश्यक रहेको बताउदैँ सबैको साझा प्रयासले यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकिने बताए ।

 

कार्यक्रम मनकामना सस्कृत गुरुकुलम प्रर्वधन समाज कपिलवस्तुका अध्यक्ष रविराज शर्मा ज्ञवालीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बाल कुमारी अधिकारी पन्तको स्वागत मन्तब्य तथा सचिव कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा राजनितिक दल, सामुदायिक बन, ब्यस्थापन समितिका पुर्व पदाधिकारी तथा सरोकारवाला लगायतको सहभागिता उपाध्यक्ष जगतराज रेग्मीले जानकाारी दिए ।

सम्बन्धित् समाचार