गृहपृष्ठ Featured वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको शानदार जित

वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको शानदार जित

वेस्ट इन्डिजविरुद्धको लर्ड्समा भएको पहिलो टेस्ट इंग्ल्याण्डले एक इनिङ्स र ११४ रनले जितेको छ । इंग्ल्याण्डका लेजेण्ड जेम्स एन्डरसनको करियरको यो अन्तिम खेल पनि थियो ।

खेलको तेस्रो दिन शुक्रबार वेस्ट इन्डिजले आफ्नो अघिल्लो दिनको ७९ रनको स्कोरबाट अगाडि खेल्न सुरु गरेको थियो । तर पूरा टोली १३६ रनमा सिमित भयो । पहिलो इनिङ्समा इंग्ल्याण्डले २५० रनको अग्रता लिएको थियो । जसलाई वेस्ट इन्डिजले दोस्रो इनिङ्समा बनाउन सकेन र खेल गुमाएको थियो ।

लर्ड्स टेस्टमा डेब्यु गरेका गस एटकिन्सन खेलका नायक बने। उनले यो खेलमा १२ विकेट लिएका थिए ।

पहिलो दिन खेल सुरु हुनु अघि इंग्ल्याण्डका   कप्तान बेन स्टोक्सले टस जितेर बलिङ रोजे। पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली ४१.४ ओभरमा १२१ रन बनाएर अलआउट भएको थियो ।

सम्बन्धित् समाचार