कपिलवस्तु ।
लगातारको वर्षापछि कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीले नदी कटान गर्न थालेपछि महाराजगंज नगरपालिका-१० हर्दौना गाउँका करिब ७ सय घर उच्च जोखिममा परेका छन्।
नदी कटानका कारण तटीय क्षेत्रका २ घर विस्थापित भई सकेका छन्। वाणगंगा नदी हरदौना गाउँ नजिकै कटान तीव्र हुन थालेपछि स्थानीय शिवपुजन गोडैत र उनका भाइ निरहु गोडैतलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए।
नदी कटानका कारण घर बास गुमाएर विस्थापित भएका २ परिवारको गाँस र वासको लागि उचित व्यवस्था मिलाई दिन स्थानीय नागरिक तथा राजनीतिक अगुवाहरूले ३ वटै तहका सरकासँग माग गरेका छन्।








