कपिलवस्तु ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको २३औं जिल्ला सम्मेलनको लोगो सार्वजनिक गरिएको छ ।
आगामी भदौ १ गते कपिलवस्तुको वाणगंगा नगरपालिका- १ मा अवस्थित सिद्धार्थ क्याम्पस बुङ्चीमा हुन लागेको २३ जिल्ला सम्मेलनको आईतबार लोगो सार्वजनिक गरिएको हो ।
कपिलवस्तुका ऎतिहासिक एवम पर्यटकीय क्षेत्रहरु समेटेर निर्माण भएको लोगो अनेरास्ववियु कपिलवस्तु २३ औं जिल्ला सम्मेलन प्रचार प्रसार उप-समिति संयोजक अर्जुन बेल्बासेले फेसबुकमार्फत लोगो सार्वजनिक गर्नु भएको हो।
लोगो छनौट गर्दै सम्मेलनका संयोजक विस्णु घिमिरेले सम्मेलनको तयारी तीब्र रुपमा भएको भन्दै लोगो सार्वजनिक भएसंगै प्रचार-प्रसारको काम थप प्रभावकारी हुने बताउनु भयो ।
लोगो छनौट एवम सार्वजनिक कार्यक्रममा २३ औं जिल्ला सम्मेलन सह संयोजक एवम् प्रतिनी ब्यवस्थापन उप-समिति संयोजक निसान खड्काले भदौ १ गते हुने सम्मेलनको लागि साउन २१ गते भित्र प्रतिनिधि छनौट गर्न आग्गर्नुव गर्नु भएको छ ।
सम्मेलनमा १५० बढी प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो ।








