वैखरी अनलाईन, लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले भोलि मोहर्रम पर्वमा स्थानीय विदा दिएको छ ।
बुधबार नगरप्रमुख सजरुद्दिन मुसलमान र उपप्रमुख कल्पना हरिजनले संयुक्त रुपमा सुचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिएका हुन् ।
इस्लाम धर्मावलम्बीहरुको पर्व मोहर्रममा बुधबार स्थानीय विदा दिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवालीले वैखरीलाई जानकारी दिए । उनका अनुसार भोलि नगरपालिका मातहतका सम्पुर्ण वडा कार्यालय, शैक्षिक संघसंस्था, स्वास्थ्य संस्थाहरुमा (आकस्मिक बाहेक) विदा हुने छ ।
नगरप्रमुख मुसलमानले पालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको बताए ।
यस्तै उपप्रमुख हरिजनले कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिईन् । उनले यस पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुसीयालीका साथ मनाउने भएकाले यस पर्वको महत्वलाई बुझेर विदा दिईएको बताईन् ।









